सिद्दाराको हर्रेमा जग्गा धनि प्रमाण पुर्जा वितरण (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सिद्दारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं १० हर्रे सिद्दारामा जग्गा धनि प्रमाण पुर्जा वितरण गरिएको छ । 
साविक सिद्दारा ४ हर्रेमा विषेश नापी शाखा अर्घाखाँचीको आयोजनामा २५ जना जेष्ट नागरिकलाई जग्गा धनि प्रमाण पुर्जा वितरण गरिएको हो । 
कार्यक्रममा शितगंगा नगरपालिका प्रमुख सूर्य प्रसाद अधिकारीको प्रमुख अथितीमा वितरण कार्यक्रममा टिका रेस्मी, खेम राज भुसाल, प्रहरी प्रमुख एक नारायण कोईरला, सालीक राम पौडेल लगायतको उपस्थिती रहेको थियो । 
जग्गा धनि प्रमाण पुर्जा फागुन ४ गते सम्म हर्रेमा, ५ गते सिद्दारा चौकि एरिया, ६ गते लौरि, ७ गते लामिदमार, ८ गते भक्कुचोक, ९ गते खयेरभट्टि, १० गते मौवाबारी र  ११ गते धुन्गेसेरा टिकरीबाट वितरण गरिने छ । 

अन्य समाचारहरु