पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा बिदाइ कार्यक्रम सप्पन्न

सुदिप खनाल
सन्धिखर्क, अर्घाखाँची फाल्गुन -०३ । बिबिएस तेस्रो बर्षको आयोजना मा आज पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा बिबिएस चौथो बर्षमा अध्ययन गर्ने सम्पुर्ण बिद्यार्थीलाई बिदाइ गरिएको छ।
कार्यक्रम सुदिप खनालको अध्यक्षता क्याम्पस प्रमुख ज्ञान बहादुर क्षेत्रीको प्रमुख आथिथ्यता रमेश पन्थी , मञ्जु घिमिरे स्ववियु सभापति लक्ष्मण खड्का , सिर्जन भुसाल , बर्जना खनाल , घनश्याम पौडेल ,कुलराज बन्जाडे , बाबुराम पौडेल , सागर परियार , रामचन्द्र श्रेष्ठ अतिथि रहेको कार्यक्रममा अभिनव चौहान , सम्झना ज्ञावाली रेखा बिश्वकर्मा , कल्पना खनाल, मिना खनाल , संगिता चुदाली , मेलिना सिंह ठकुरी लगाएतका कलाकारले सांगीतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए । 
बिदाइ भएर जाने बिद्यार्थीहरुबाट रामचन्द्र श्रेष्ठ र पुष्पा गैरेले बिदाइ मन्तव्य राख्नु भएको थियो भने मेलिना सिंह ठकुरीको स्वागत मन्तव्य र बिराज मुखियाको संचालनमा कार्यक्रम सप्पन्न भएको थियो । 

अन्य समाचारहरु