अर्घाखाँचीडट्कम संवाददाता
घोचेखोला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची युवा परिषदकाे दाेस्राे अधिवेशन काजी श्रेष्ठलाई अध्यक्ष पदमा निर्वाचित गर्दै सम्पन्न भएको छ ।
सन्धिखर्कको घोचेखोला बगैचामा सम्पन्न दाेस्राे अधिवेशनबाट उपाध्यक्षमा केसव घिमिरे, डिलाराम भुसाल, महासचिवमा प्रकाश भुसाल, सचिव कृष्ण खनाल, सहसचिव वावुराम भुसाल, र काेषाध्यक्षमा रुद्रप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा बाबुराम भुसाल , प्रकाश बन्जाडे, ज्ञानेन्द्र घिमिरे , सन्तोष बस्नेत , तुल्सि भुसाल , लक्ष्मीनारायण खनाल र सुर्य थापा रहेका छन् ।
अधिबेशनकाे भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० का वार्ड अध्यक्ष लक्ष्मीनारायण चुदाली, १२ का वडा अध्यक्ष नारायण खड्का, उद्योग वाणिज्य संघका महासचिव नेत्र प्रसाद भुसाल, पत्रकार महासंघका अध्यक्ष हिमवहादुर जिसि लेकाली, सस्थापक सचिव सहयोगी विसी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम कृष्णप्रसाद भुसालको अध्यक्षता, धर्मराज भुसालको सञ्चालन र डिल्लीराज खनालको स्वागतमा सम्पन्न भएको हाे ।