अर्घाखाँचीकी सफल महिला उद्दमी रुकमणी पराजुली (फोटो फिचर)

प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । मनमा जोश, जाँगर र आँट लिई आफ्नै देशको माटोमा श्रम पसिना बगाउन सके पैसाका लागि परदेश जानु पर्दैन भन्ने उदाहरणको रुपमा लिन सकिन्छ, अर्घाखाँचीकी सफल महिला उद्दमी रुकमणी पराजुलीलाई ।
रुकमणी सानो लगानीबाट छोटो समयमै सफल महिला उद्दमी भएकी हुन् । रुकमणीले जिल्लाको सदरमुकाम सन्धिखर्कमा विगत ३ वर्ष देखि उधोग चलाऊदै आएकी छन् । उनले सन्चालन गरेको उद्योगमा फाइबर ब्याग, क्याप, टिसर्ट लगायत कपडामा प्रिन्ट, लोगो, सिलाई गर्ने गरिन्छ । 
रुकमणीको दैनिकी व्यस्त, भ्याईनभ्याई छ । विभिन्न व्यक्ति, संघ- संस्था, व्यापारी, कार्यालय, राजनीतिक दलका प्रचार सामाग्री तयार गर्न अर्डर दैनिक जसो आएका देखिन्छन् । प्रचार, विज्ञापन सामाग्री बनाउन अहिले कसैलाई पनि जिल्ला बाहिर जान पर्दैन । 
उनले केहीलाई रोजगार पनि दिएकी छिन् । यस्तै उनले वार्षिक लाखौं रुपैया आम्दानी पनि गर्दै आएकी छिन् ।  

अन्य समाचारहरु