अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर- ५ जुकेना स्थित स्वास्थ्य चौकीमा एम्बुलेन्स हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
भारतिय राजदुताबासबाट उपलब्ध एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरणका सह- प्रबक्ता डा. भिष्मकुमार भुसाल लगायत विभिन्न संघ – संस्था, राजनीतिक दलका प्रतिनिधि तथा समाजसेवीहरुको उपस्थिती रहेको थियोे ।
अाजबाट सन्चालनमा आएको एम्बुलेन्सबाट शितगंगा नगरपालिकाका ५,६,७ वार्डका जनताहरु लाभान्वित हुनेछन् ।
थारपाइलामा सुपादेउराली मन्दिरको शिलान्यास
यस्तै जुकेना-५ थारपाइलामा सुपादेउराली मन्दिरको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । मन्दिरको शिलान्यास डा. भीष्म भुसालले गरेका थिए । शिलान्याससँगै उनले उक्त मन्दिरलाइ रु.५०,५५०- आर्थिक सहयोग गरेका थिए ।
थारपाइलामा नवनिमार्ण हुने सुपादेउराली मन्दिरको लागि स्थानियबासी देश- विदेशबाट आर्थिक सहयोग भएको छ ।