सन्धिखर्कको माटे खहरेखोला सामुदायिक वनमा मृत चितुवा फेला

अर्घाखाँचीडट्कम संवाददाता
माटे, अर्घाखाँची ६ फागुन । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० माटे स्थित खहरेखोला सामुदायिक वनमा आईताबार मृत अवस्थामा चितुवा फेला परेको छ । 
अन्दाजी दुई वर्षको पोथी चितुवा मृत अवस्थामा फेला परेको हो । जिल्ला वन कार्यालय अर्घाखाँचीका अनुसार मृत चितुवा अन्दाजी पाँच फिट १० इन्च भन्दा बढि लामो र २५ इन्च भन्दा बढि अग्लो रहेको छ । 
अर्घाखाँचीमा पछिल्लो समयमा चितुवा मृत अवस्थामा फेला पर्ने क्रम बढेपछि अनुसन्धान थालिएको जिल्ला वन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । 
जिल्लामा चितुवाको आक्रमणले पछिल्लो तीन वर्षमा एक दर्जन भन्दा बढी जना बालबालिको ज्यान गएको छ । 
तस्बिर: फेसबूकबाट

अन्य समाचारहरु