सुर्य प्रसाद भुसाल
बेलबाटिका, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं.२ को आयोजनामा अन्तर माध्यमिक बिधालय सन्धिखर्क नगर स्तरिय भलिबल प्रतियोगिता सुरु भएको छ ।
रास्टिय प्रजातन्त्र दिबसको उपलक्ष्यमा आयोजित सो भलिबल प्रतियोगितामा नगर भित्रका १५ माध्यमिक बिधालय मध्ये १२ मा.बि. का खेलाडी हरुको सहभागिता रहेको छ । अर्घाखाँची आबासिय मा. बि. बेलबाटिकाको खेलमैदानमा सुरु भएको खेलको एक समारोहका बिच सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले भलिबल सर्बिस गरि उदघाटन गर्नु भएको थियो।
भलिबलको खेल संयोजकमा अर्घाखाँची आबासिय मा. बि. का प्राचार्य श्रीकृष्ण भुसाल ,जनज्योति मा बि का प्राचार्य पशुपति भुसाल र भगवती मा . बि. का प्राचार्य श्याम बहादुर भुसाल सदस्य रहेको समितिले यस खेलको संयोजन गरेको छ।
खेलमा रेफ्रीको भुमिकामा टोमलाल आचार्य र नारायण बिक्रम कार्की ( बाबुराम कार्की ) रहनु भएको छ ।
खेल उदघाटन समारोहमा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल ,उप – प्रमुख ठाकुर कुमार बि. क . नगर शिक्षा अधिकारी बलराम मिश्र ,नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
सो खेलमा प्रथम स्थान हासिल गर्ने बिद्यालय लाई रु ३००००। तीस हजार ,द्वितीय स्थान २००००। बिसहजार ,तृतीय स्थान हासिल गर्नेलाई १५०००। पन्ध्र हजार प्रदान गर्नुको साथै उत्कृष्ट खेलाडिलाई ट्रफी र नगद रु ५०००। प्रदान गरिने नगरका सचिब बिष्णु प्रसाद आचार्यले जानाकारी दिनु भएको छ।
आयोजक सन्धिखर्क नगरपालिकाका वडा अध्यक्ष मोतिजंग रायमाझी जिल्ला खेलकुद बिकास समितिको अध्यक्षमा ३ कार्यकाल जिम्मेवारी समाल्नु भएको ब्यक्ती हुनुहुन्छ ।सो कारणले थियो।खेल क्षेत्रमा रु १ ,५० ०००। रकम छुट्टाउनु भएको महसुस गरिएको छ।
यस वडाले एकादशी मेला र माघेसक्रान्ती मेला समेतमा बजेट छुट्टाई संस्कृति संरक्षणमा समेत उल्लेखनीय भुमिका खेलेको थियो।