प्रेस युनियन अर्घाखाँचीमा ५ जना बीच टक्कर


दिपक कार्की 
सन्धिखर्क, अर्घाखाँची । नेपाल प्रेस युनियन अर्घाखाँचीको जिल्ला अधिबेशन नजिकिदै जाँदा अध्यक्ष बन्नका लागि पाँच जनाले लबिङ सुरु गरेका छन ।
नेपाली काङ्ग्रेसको सुभेक्षुक संस्था नेपाल प्रेस युनियनको अधिबेशन यहि फागुन महिनाको अन्तिम साता हुदैछ ।
अधिबेशन नजिकिएसँगै युनियन अाबद्द पत्रकारहरुले नेतृत्व अाफ्नो हातमा ल्याउने कसरत नेताहरु र सदस्यहरु सामु राखिरहेका छन । संगठको दुई कार्यकाल अध्यक्ष बनेका बर्तमान अध्यक्ष सुर्य प्रसाद भुसालले नेतृत्व हस्तान्तरण गर्ने भएपछि युनियनमा  अाकाक्षी बढि देखिएका हुन ।
निर्बिरोध रुपमा दुई कार्यकाल सभापति चलाएका सुर्य भुसालको युनियनमा पकट छ । उनले चाहेको ब्यक्ति सभापति बन्नेमा कुनै संका नभएको एक अध्यक्षका अाकाङक्षीले बताए । युनियनमा अध्यक्ष बन्नका लागि नेपाल पत्रकार महासंघका पुर्व सचिब प्रेमनारायण अाचर्यले दौदधुप गरिरहेका छन । भने अर्का वरिष्ठ पत्रकार वीरेन्द्र केसी पनि अध्यक्ष बन्ने सोचमा रहेको श्रोतको भनाइ छ । तर केसीले प्रचार नगरेपनि उनको नाम चर्चामा छ ।
युनियनको अध्यक्ष बन्नका लागि सुर्य भुसालको नेतृत्वमा रहेका सचिब नेत्र मरासिनी कोषाध्यक्ष असोक पौडेल, सहसचिव रुद्र मणि भुसालले कुनै पनि हालतमा अध्यक्ष नछोड्ने भनी नेताहरुसँग लभिङ सुरु गरेपछि आचार्य र केसीलाई समस्या पर्ने अनुमान गरिएको छ ।
युनियनमा झन्डै १५० जना पत्रकार अाबद्द छन । अध्यक्ष बन्नका लागि असोक पौडेल बढि अाकाङक्षी छन । उनलाई बर्तमान सभापति सुर्य भुसालको समेत अन्तिममा समर्थन हुने र अध्यक्ष बन्ने सम्भाबना बलियो छ । युनियनमा सिनियर पत्रकार देखि दोस्रो पुस्ताका पत्रकारहरु अाकाक्षी छन । अधिबेसनको मिति तत्काल तोकिने र सर्ब सहमत नेतृत्व चयन गर्ने बर्तमान सभापति भुसालको दावी छ ।

अन्य समाचारहरु