प्रदेश ७ का मुख्यमन्त्री भट्टलगायत मन्त्रीहरुद्वारा पदभार ग्रहण

प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आइतबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।
बिहान कार्यालय समयमा मुख्यमन्त्री भट्टले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिएका मुख्यमन्त्री भट्टले प्रदेश ७ विकासमा पछाडि परेको उल्लेख गर्दै नमुना प्रदेश निर्माणका लागि कर्मचारीहरुलाई इमान्दार भएर लाग्न निर्देशन दिए ।
सुशासन र भ्रष्टाचार अन्त्य गर्नु आफ्नो प्राथमिकता रहने मुख्यमन्त्री भट्टले बताए ।
आफूहरुसामु चुनौती र सम्भावना दुवै भएको बताउँदै भट्टले सम्भावनालाई अगाडि बढाउने र सबै क्षेत्रका जनताले विकासको अनुभूति गर्ने गरि काम गर्ने बताए ।
प्रदेश ७ का सबै मन्त्रीले आइतबार नै पदभार ग्रहण गरेका छन् ।
यसैबीच, मुख्यमन्त्री भट्टले आईतबार धनगढीस्थित सेती अञ्चल अस्पतालको आकस्मिक अनुगमन गरेका छन् । कर्मचारीहरुलाई निर्देशन दिएलगत्तै कार्यालयबाट निस्केका मुख्यमन्त्री भट्ट सेती अञ्चल अस्पतालले दिने सेवाका बिषयमा आलोचना भइरहेका बेला अस्पतालमै पुगेर निरीक्षण गरेका हुन् । इमेजखबरमा समाचार छ ।