रुद्रमणि भुसाल
डेभा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ९ ढिकुरा डेभाको भगवती माध्यमिक बिद्यालयमा २ दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
ढिकुरा समाज अर्घाखाँची काठमाडौको आयोजना र लन्यन्स क्लब अफ काठमाडौ ढिकुरा, ढिकुरा अर्घाखाँची रुपन्देही समाज सहआयोजना युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाको प्राबिधिक सहयोग मा शिबिर सम्पन्न भएको हो ।
भुमिकास्थान नगरपालिका र अर्घाखाँचीको ढिकुराबाट काठमाडौ, बुटवल बस्नेहरुको आर्थिक सहयोगमा २ दिने बिहृत शिबिर सम्पन्न भएको हो । शिबिरमा भरतपुर अस्पतालका सुपरिटेन्डन हाडजोनी रोग बिशेषज्ञ डा. रुद्र मरासिनी सहित २१ जना डाक्टरहरुले झन्डै १५ सय बिरामीको जाँच गनु भएको थियो ।
उपचारको लागि अर्घाखाँची जिल्लको ढिकुरा सहित धातिवाङ्ग , धारापानी, जुकेना, धनचौर खाँचीकोट नुवाकोट, नरपानी, लगायतका १५ सय बिरामीहरुले जाँच गराउनु भएको ढिकुरा समाज अर्घाखाँची काठमाडौका अध्यक्ष कृष्ण पोखरेलले जानकारी दिए ।
गाउँमा निशुल्क शिबिर सञ्चालन गर्दा धेरै बिरामीलाई आफनो रोग पत्ता लगाउन र सामान्य रोग निको पार्नको लागि निकै निशुल्क स्वास्थ्य शिबिर प्रभावकारी भएको ढिकुरा समाज काठमाण्डौका सदस्य लेखनाथ भुसालले बताए । समाजले गएको बर्ष पनि ढिकुराको शारदामाबिमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको थियो ।