पत्रकार महासंघ अर्घाखाँचीको वैठक सम्पन्न

Image result for पत्रकार महासंघ अर्घाखाँची

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची फागुन ८ । पत्रकार महासंघ अर्घाखाँचीको वैठक सम्पन्न भएको छ ।
 पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जिसी लेकालीको  अध्यक्षतामा सम्पन्न वैठकमा निवर्तमान अध्यक्ष शोभाखर पन्थीको आतिथ्यता रहेको थियो ।  
वैठकले विभिन्न निर्णयहरु गरेको छ । चैत्र मसान्त सम्ममा सदस्यता नविकरण, चैत्र महिना भित्रमा नवनिर्मित भवन उद्घाटन गर्ने निर्णय गरेको छ । 
भुमिकास्थान नगरपालिका कार्यालयको सहयोगमा महासंघले  चिदिचौरमा  चैत्र ९ गते देखि  १३ गते सम्म पाँच  दिने आधारभूत पत्रकारीता  तालिम सञ्चालन गर्ने निर्णग गरेको पत्रकार महासंघका जिल्ला सदस्य अर्जुन भुसालले जानकारी दिए । तालिम सञ्चालन गर्न र भवन उद्घाटन गर्न विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी समेत प्रदान गरिएको छ ।  
कार्यक्रम पत्रकार महासंघका सचिव सुर्य प्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको हो । 

अन्य समाचारहरु