नेपालको ग्रामीण क्षेत्रको शैक्षिक विकासमा पाकिस्तानले सहयोग गर्ने

पाकिस्तानले नेपालको ग्रामीण क्षेत्रको शैक्षिक विकासमा सहयोग गर्ने भएको छ ।
नेपालस्थित पाकिस्तानी दूतावासले बुधबार काठमाडौंमा विद्यालयस्तरीय निबन्ध तथा वक्तृत्वकला प्रतियोगिताका विद्यार्थीलाई सम्मान गर्न गरेको कार्यक्रममा पाकिस्तानी राजदूत मंजहर जामेदले शिक्षाको पहुँच नपुगेका ग्रामीण क्षेत्रमा पाकिस्तान सरकारले सहयोग गर्ने बताए ।
नेपाल–पाकिस्तान फ्रेन्डसिप एन्ड कल्चर एसोसियसनका अध्यक्ष हिमालयशमशेर राणाले नेपाल–पाकिस्तानको सम्बन्ध शिक्षा क्षेत्रबाट जोडिने बताए ।
उनले दक्षिण एसियाको शैक्षिक क्षेत्रको विकासका लागि पाकिस्तान सरकारले महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपालको शिक्षा क्षेत्रमा पनि सहयोग आवश्यक रहेको बताए ।
प्रतियोगितामा नेपालका १ हजार ५०० विद्यार्थी सहभागी भएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई राजदूत जामेद र एसोसिएसनका अध्यक्ष राणाले नगद पुरस्कारसहित सम्मान गरे । इमेजखबरमा समाचार ।