सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्ला सदरमुकाम स्थित सन्धिखर्कको पक्की पुल साथी होटल नजिक नयाँ संरचनाका साथ जिम हाउसको शुरुवात भएको छ ।
युबाहरुको चाहानालाई मध्यनजर गर्दै जिमहाउसको शुरुवात गरिएको सन्चालक दिपक कुमार श्रेष्ठले जानकारी दिनु भयो । अर्घाखाँची फिट्नेस क्लब सेन्टरले जिम हाउस सन्चालनमा ल्याएको हो ।
जिमहाउसबाट अर्घाखाँचीका हजारौं युवा तथा युवतीहरुले सेवा लिने बताईएको छ । जिम गर्नाले शरीर स्वास्थ र तन्दुरुस्त हुनुको साथै दिर्घायु हुने हुनाले जिम गर्न अाउनेहरुको संख्या बढेको छ ।
उक्त जिम हाउसमा दैनिक ७0/ देखि ८० जनाले ब्याम लिई रहेको जिमहाउस सन्चालक युवा ब्यबसायी दिपक कुमार श्रेष्ठले जानकारी दिनु भयो । सन्धिखर्कमा जिमहाउस सन्चालनमा अाएको यो पहिलोपटक हो जिम हाउसमा अधिकांश युवा युवतीहरुको अाकर्षण बढ्दै छ ।