खनदहमा फागु पुर्णिमा होलीको अवसरमा लाेपउन्मुख फागुपर्व संरक्षण कार्यक्रम सम्पन्न

फागु पुर्णिमा होलीको अवसरमा अर्घाखाँची अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ३ खनदहमा लाेपउन्मुख फागुपर्व संरक्षण कार्यक्रम सम्पन्न 

केशब पोखरेल 
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  रंगहरुको पर्बको रुपमा परिचित फागु पुर्णिमा होली गांऊघरबाट लोप हुदै गएको र त्यसको संरक्षण गर्नुपर्ने भन्दै मालारानी ३ खनदहका युबाहरुको पहलमा बिशेष कार्यक्रम सम्पन्न भएको छ ।
 
मालारानी ३ ( साबिकको खनदह ८) काे जनमुखी झरना युवा क्लवको आयोजनामा ऊक्त कार्यक्रम आज सम्पन्न भएको हो ।  
कार्यक्रम मालारानी गाउँपालिका अध्यक्ष  बालकृष्ण आचार्यको प्रमुख आथित्यतामा सम्पन्न भयो । कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष  आचार्यले होलीको जगेर्ना गर्न लागि परेको भन्दै ति युबाहरुलाई बिसेष धन्याबाद ब्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष  लेखनाथ खनालले होलिको नाममा बिकृति मौलाऊदै गएको भन्दै त्यस्ता बिकृतिहरुको अन्त्य हुनुपर्ने बताए । त्यसै गरि  क्लब का पुर्ब अध्यक्ष हेमराज पोखरेलले  लोप उन्मुख  मौलिक चाड्वाड तथा सस्कृति लाई अघिल्लो पिढि बाट सहज रूपमा ग्रहण गरि आउदो पिढिमा हस्तान्तरण गर्नु नै आजका सभ्य युवा हरुको कर्तव्य भएको भन्दै उक्त कार्यक्रमको खुलेर प्रशंसा गरेका थिए ।
मालारानी गाउँपालिकाको बिशेष सहयोगमा ऊक्त कार्यक्रम संपन्न भएको हो । कार्यक्रम लेखनाथ खनालको सभापतित्व एंव सचिब सन्तोष  खनालको संचालनमा समपन्न गरिएको थियो ।

अन्य समाचारहरु