अर्घाखाँचीमा फागु पुर्णिमा होली हर्सोउल्लासका साथ मनाइयो (भिडियो,फाेटाे फिचर)
फाल्गुन १७ गते, २०७४ मा प्रकाशित
समान्ता पाण्डे
सन्धिखर्क, अर्घाखाँची फाल्गुन १७ । फागु पुर्णिमा होली अर्घाखाँची जिल्लामा पञ्चेबाजा र संगीतको तालमा हर्सोउल्लासका साथ मनाइएको छ ।
अर्घाखाची युवा परीषदको आयोजनामा सन्धिखर्कमा होली पर्व मनाइएको हो । अर्घाखाँची युवा परीषदको नेतृत्वमा एकापसमा अबिर र रङ दलेर फागु अर्थात् होली पर्व हर्षोल्लासका साथ मनाइएको हो ।
विहान ११ वजे साथी सहकारीको कार्यलय अगाडीबाट सुरु गरीएको होली यात्रा सन्धिखर्कका चुत्राबेसी , हललाइन , गुण्टेखोला , बैँक रोड शान्ति बगैँचा हुदै पून साथी सहकारीको कार्यलय अगाडी आइ सम्पन्न भएको थियो । होली र्याली पञ्चेवाजा सहित निकालिएको थियो । सन्धिखर्कमा जम्मा भएका मानिसहरु पञ्चेबाजाको तालमा छमछमी नाचेका थिए ।
उता एम्स सोसाइटीको आयोजनामा संचालीत खुल्ला कन्सर्टमा हजारौँ युवा युवती झुमेका थिए । डिजे भि रक बुटवल र डान्सर आसिष गहतराज लगायत तथा स्थानीय डान्सरहरुले आप्ःनो प्रस्तुती राखेका थिए ।
युवा युवतीहरुले संगीतको तालमा होली मनाए । सन्धिखर्कको माहोल नै फरक थियो । साथीसंगी, आफन्त, इस्टमित्र घर, गल्ली, चोक र सार्वजनिकस्थलमा भेला भएर एकापसमा रङ, पानी छ्यापाछ्याप गरेर होली पर्व धुमधामका साथ मनाइएको हो ।