वीरेन्द्र केसी कान्तिपुर
ठाडा, अर्घाखाँची । शीतगंगा नगरपालिकाका १४ वडाबाट करिब दस हजार युवा रोजगारीको लागि ३२ देशमा पुगेका छन् । उनीहरु सामाजिक सञ्जाल मार्फत संगठित भई शीतगंगा सेवा समाज गठन गरी सामाजिक कार्यमा सक्रिय छन् . सबैले मासिक तलब काटेर रकम रकम उठाई संकलिन भएको रकमले विकास निर्माणका काम शुरु गरेका छन् ।
पहिलो चरणमा शीतगंगाका १२ माविमा कम्युटर, ल्यापटप र प्रोजेक्टर वितरण गर्न थालेका छन् । अहिलेसम्म सुबोधनी मावि बर्रेमा आठ, जनजागृती मावि सिद्धारामा पाँच, जनज्योती मावि ठाडामा दस, शिवादह मावि जुकेनामा आठ र सरस्वती मावि सीतापुरमा चारवटा कम्युटर, एउटा ल्यापटप र एउटा प्रोजेक्टर वितरण भएको समाजका अध्यक्ष कमल घिमिरेले बताए । अब बाँकी सात वटा माविमा पनि छिट्टै हस्तान्तरण गरिनेछ । रेमिट्यान्सले सबै स्कुलमा कम्युटर र ल्यापटप हुने भएका छन् ।
‘पाँच माविमा हस्तान्तरण गर्दा अहिलेसम्म १४ लाख रुपैयाँ खर्च भएको छ,’ उनले भने, ‘सबै रकम चन्दा उठाएर शैक्षिक सामाग्री वितरण गरिएको हो।’ सबैजसो स्कुलमा कम्युटर छैनन् । त्यसैले पढाई छैन् । विद्यालय स्तरबाटै विद्यार्थीले कम्युटर शिक्षा सिकुन भन्ने उद्देश्यले शुरुमा यो कामको थालनी गरिएको उनले बताए ।
विदेशमा रहेकाले आफनो परिवारलाई पैसा समाजको कोषमा जम्मा पनि गरेका छन् । विदेशमा रोजगारीमा जाँदा कम्युटर जानेकोलाई राम्रो कामको अवसर हुन्छ । कम्युटर नजान्दा समस्या नहोस भनेर स्कुलमा वितरण गरिएको उनको भनाई छ । स्कुलले कम्युटर मास्टर राखेर अरु शिक्षक र विद्यार्थीलाई सिकाउनु पर्छ । बुधवार प्रदेश सांसद रामजीप्रसाद घिमिरे र शीतगंगा नगरपालिका प्रमुख सुर्यप्रसाद अघिकारीले संयुक्त रुपमा उक्त सामाग्री सरस्वती माविका प्रअ खुमप्रसाद बेल्वासेलाई हस्तान्तरण गरे ।
कम्युटर पाएपछि बेल्वासेले स्कुललाई ठुलो सहयोग पुगेको भन्दै अब शिक्षक र विद्यार्थीलाई कम्युटर शिक्षा सिकाउने बताए । रोजगारीको लागि विदेशी भुमिका रहेका युवाले मासिक चन्दा संकलन गरी जम्मा भएको रकमले स्कुलमा शैक्षिक सामाग्री हस्तान्तरण गरी सम्पन्न भएपछि अन्य विकास, आर्यआर्जन र सम्बृद्धिका काममा लगानी गर्ने समाजका कार्यक्रम संयोजक झनक केसीले बताए । विदेशमा भएपनि आफनै गाउँलाई सम्बृद्ध बनाउन युवाहरु सक्रिय छन् ।
शिक्षा, स्वास्थ्य सहित समग्र विकासमा नगर सम्बृद्ध बनाउन समाजमा आवद्ध युवाहरुले ठुलो टेवा पु¥याएको नगर प्रमुख अधिकारीले बताए । पाँच वर्ष भित्रमा सम्बृद्धिका कार्यक्रम ल्याएर उत्पादनमा आत्मनिर्भर बनाउन कृषि र पशुमा आधुनिकीकरण गरी विकासमा सम्बृद्ध र नमुना बनाउने खालको नगरसभाबाट बजेट विनियोजन गरेको उनले बताए ।
क्षेत्रफलका हिसाबले मुलुककै ठुलो नगरपालिका शीतगंगा भौगोलिक जटिलता भएपनि सम्बृद्ध बनाउन स्रोतले धनी छ । प्रदेश सांसद घिमिरेले राजनीति क्रान्ति सकिएकाले अब आर्थिक क्रान्ति गरेर नगर, गापा, जिल्ला र देशलाई सम्बृद्ध बनाउने बेला आएको बताए । उनले पालिका र प्रदेशबीच सम्बृद्धिको प्रतिष्प्रधा गराएर अर्थतन्त्रलाई बलियो पान’पर्ने दावी गरे ।
जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउतले राज्यले गर्न नसकेको काम समाजले गरेर शैक्षिक गुणस्तर वृद्धि गर्न महत्वपुर्ण टेवा पु¥याएको बताए । शैक्षिक सामाग्रीको लागि स्वदेशमा बस्ने शीतगंगा नगर भित्रका व्यक्तिले पनि आर्थिक सहयोग गरेको सितापुरका व्यवसायी सचिन बोहोराले बताए ।