लोडसेडिङ मुक्त अर्घाखाँचीमा दैनिक १२ घण्टा बिजुली आउँदैन, सम्पूर्ण क्षेत्र अस्तव्यस्त
फाल्गुन २० गते, २०७४ मा प्रकाशित
प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची, फागुन २० । अर्घाखाँचीमा विजुलीको लाइन छिनमै आउने र छिनमै जाने समस्याबाट स्थानीय बासिन्दा हैरान बनेका छन् । विजुली दिनमा १५ पटक भन्दा बढी जाने र आउने समस्याले यहाँका उद्योगी, व्यवसायी मात्र हैन आम सर्वसाधारणसमेत आजित बनेका हुन् ।
‘दैनिक यति समय लोडसेडिङ हुन्छ भने त काम गर्न सजिलो हुन्थ्यो ।’ सन्धिखर्कका स्थानीय नारायण विसी भन्नुहुन्छ, ‘यसरी बत्ति जाने र आउने गर्दा समस्या भोग्नु परेको छ ।’
साना उद्योग, फर्निचर र कुटानी पिसानी मिल मात्र हैन पटक-पटक जाने लाइनका कारण जिल्लामा सञ्चालित ६ वटा रेडियोहरु पनि समस्यामा परेका छन् । विद्युतको लाइन छैन किन गएको हो ? भनेर विद्युत कार्यालय अर्घाखाँची शाखाको नम्बर ०७७४२०१३१ र ०७७४२०३९४ मा फोन गर्दा तत्काल बत्ति आउँछ । एकछिनमा र प्युठानबाट गएको हो भन्ने उत्तर अाउँछ । दैनिक १२ घण्टासम्म लाइन नआउने गरेको स्थानीयले गुनासो गरेका छन् ।