नेत्रविक्रमको नेपाल कम्युनिष्ट पार्टीद्दारा ओखलढुंगाका जनप्रतिनिधिहरुको राजीनामा माग

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ओखलढुंगाका जनप्रतिनिधिहरुको राजीनामा माग गरेको छ ।
नेकपाले जिल्लाका गाउँ तथा नगरपालिकाका प्रमुखहरुलाई पत्र बुझाएरै राजीनामा माग गरेको हो ।
सो पार्टीले सोमबार सिद्धिचरण नगरपालिका र मानेभन्ज्याङ गाउँपालिकाका प्रमुखहरुलाई पत्र बुझाएको छ ।
नेकपाले समानान्तर सरकार भन्दै गठन गरेको ‘जनपरिषद नेपाल’को नाममा पत्र लेख्दै जनप्रतिनिधिहरुको राजीनामा माग गरेको हो । इमेजखबरमा समाचार छ ।