अर्घाखाँचीका कच्ची सडकबाट उड्ने धुलोका कारण जनजीवन नराम्ररी प्रभावित


खडान्द भुसाल / राजकुमार खनाल 
सन्धिखर्क, अर्घाखाँची ।  हावाहुरीको मौसम सुरु भएसँगै अर्घाखाँचीका कच्ची सडकबाट उड्ने धुलोका कारण यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गाउं तहमा छुट्ने सन्धिखर्क प्युठान, सन्धिखर्क-गुल्मी, सन्धिखर्क बल्कोट,गच्छे भालुवाङ्ग र सन्धिखर्क जैटारी पुग्ने सडक खन्डमा पर्ने बजार एरियामै अत्यधिक धुलो उडेका कारण यस क्षेत्रको जनजीवन प्रभावित भएको हो  । 
सन्धिखर्क नगरपालिका भाएलडाँडाको सडकमा देखिएको धुलो ।
साथै यि बाटो भएर यात्रा गर्ने यात्री,बिद्यार्थी तथा पैदल यात्रीलाई समेत सास्ती भएको उनिहरुको गुनासो रहेको छ । यि सडक छेउछाउका वस्तीका मानिसहरुलाई श्वास फेर्न समेत गाह्रो भएको सन्धिखर्क २ भलायडांडाका समाजसेवी शिव प्रसाद पोख्रेलले गुनासो गर्नुभएको छ । विशेषगरी बालबालिका तथा वृद्धवृद्धालाई बढी अप्ठेरो भएको उहांको भनाई छ । 
विहान बेलुका खाना खान, पकाउन समेत समस्या हुने,स्थानियको दैनिक जिवनमा प्रत्यक्ष असर पुग्दा पनि सम्बन्धित निकायले समस्या समाधानमा कुनै पहल नगरेको स्थानीयको आक्रोस रहेको छ । 
हिजो केन्द्रीय सरकार हुँदा नागरीकका आवाज केन्द्र सम्म नपुगेको तर अहिले स्थानीय सरकार हुँदा पनि जनप्रतिनिधीले समेत नागरीकका समस्या टुलुटुलु हेरेर मात्रै वसेको स्थानीय समाजसेवी रिषिराम पोख्रेलको तर्क रहेको छ । उनीहरुले अहिलेका जनप्रतिनिधीले साच्चै जनताले महसुस गरी काम गर्न चाहेका हुन भने यी कच्ची सडकहरुको कालोपत्रे गर्नु पर्ने उहांको भनाई रहेको छ ।
Image result for अर्घाखाँची बाटो धुलो ARGHAKHANCHI

अन्य समाचारहरु