एमाले जिल्ला कमिटी अर्घाखाँचीको पूर्ण बैठक सन्धिखर्कमा सम्पन्न

Image result for एमाले जिल्ला कमिटी  ARGHAKHANCHI

बसन्त श्रेष्ठ
सन्धिखर्क, अर्घाखाँची ।  नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीको पूर्ण बैठक कमिठिका अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता, एमाले केन्द्रीय सदस्य तथा अर्घाखाँची इन्चार्ज नजिर मियाको प्रमुख आथित्यतामा सम्पन्न भएको छ । 
बैठकले प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनको समिक्षा गर्दै नगरपालिका र गाउँपालिकाको बैठक बसाल्ने र कमिटिहरुलाई चलाएमान गराउन निर्देशन गरेको छ । साथै बैठकले सदस्यता नबिकरण २०७२ चैत्र मसान्त भित्रमा अनिवार्य गर्न पनि निर्देशन गरेको नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष चेतनारायण  आचार्यले जानकारी दिनुभयो ।
 बैठकले प्रदेश सभा संसाद  र जनप्रतिनिधीलाई विकास निर्माण कार्यमा प्रभावकारी रुपमा परिचालन गर्न पाटी इन्चार्ज नजिर मियाको संयोजकत्वमा ६ सदस्यीय जनप्रतिनिधी परिचालन कमिटि निर्माण गरेको छ । जसको सदस्यमा नरेन्द्र कुमार क्षेत्री, पिताम्बर भुसाल, पबित्रा पौडेल, जनार्दन खनाल रहनुभएको प्रचार बिभाग प्रमुख भोजबहादुर गन्दर्वले जानकारी दिनुभयो । 
बैठकले नेकपा माओबादी पूर्व उपप्रधान मन्त्री तथा प्रतिनिधी सभा सदस्य टोपबहादुर रायमाझीका बुबा बिनबहादुर रायमाझीको असामयीक निधन प्रति शोक प्रस्ताव पारित समेत गरेको छ ।
 त्यस्तै नेकपा एमाले जिल्ला कमिटि सदस्य जीवन चौहानका बुबा, जिल्ला कमिटि सदस्य झबिन सुनामका माताको निधन प्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा पाँच नम्बर प्रदेशका सांसद रामजी प्रसाद घिमिरे, एमाले प्रदेश संगठन कमिटि सदस्य नरेन्द्र कुमार क्षेत्री, पिताम्बर भुसाल, पबित्रा पौडेल, केन्द्रीय स्कूल बिभाग सदस्य बुद्धिबहादुर रायमाझी, पूर्व राट्रिय परिषद सदस्य कुटमदिन अलि लगायतको आथित्यता रहेको थियो । 
कार्यक्रमको सञ्चालन जिल्ला कमिटि सचिव रामबहादुर चौहानले गर्नुभएको प्रचार बिभाग प्रमुख गन्दर्वले जानकारी दिनुभयो । 

अन्य समाचारहरु