अर्घाखाँचीमा १०८ अाैं अन्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइयो (फोटो फिचर)
फाल्गुन २४ गते, २०७४ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा १०८ अाैं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
अन्तराष्ट्रिय महिला दिवसकाे अवसरमा सदरमुकाम सन्धिखर्कमा महिला तथा वालवालिका कार्यलय, सन्धिखर्क नगरपालिका, अ्नरपाटी महिला सञ्जाल, लगायत जिल्लामा रहेका सरकारी तथा गैर सरकारी संघ-संस्थाकाे संयुक्त अायाेजनामा भएकाे प्रभातफेरी आयोजना गरिएको थियो ।
नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध बुलन्द आवाज उद्घोष गरेको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।
सन् १९११ को मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस मनाए यता संसारभर मार्च ८ मा यो दिवस मनाउन थालिएको हो । सन् १८५७ देखि नै श्रमिक महिलाहरुले आफ्नो श्रम शोषणका विरुद्ध आवाज उठाएका थिए । यसरी उठ्दै आएको आवाज सन् १८९७ मा आइपुग्दा अझ सशक्त बन्दै गएकाले अमेरिकाको न्यूयोर्कमा एउटा गार्मेन्ट फ्याक्ट्रिमा काम गर्ने श्रमिक महिला समूहले आफ्नो काम गर्ने समय १० घण्टा मात्र हुनुपर्ने माग राख्दै गएबाट अझ सशक्त बन्दै गएको पाइन्छ ।
यसरी सन् १९०६ मा जर्मनको स्टुटगार्ड भन्ने ठाउँमा समाजवादी महिलाहरुले प्रथम अन्तर्राष्ट्रिय श्रमिक महिला सम्मेलनको आयोजना गरेका थिए । उक्त सम्मेलनले श्रमिक महिला संगठन स्थापना ग-यो र यसको नेतृत्व महिला श्रमिक नेता क्लारा जेटकिनले गरेकी थिइन् । उक्त संगठनमार्फत् १९०८ मा महिलाले भोट दिन पाउनुपर्छ भनी विभिन्न विरोध प्रदर्शन गर्न थालियो । यसरी सन् १९१० मा डेनमार्कको कोपनहेगनमा दोस्रो अन्तर्राष्ट्रिय श्रमिक सम्मेलन सम्पन्न भयो ।
यो सम्मेलनले सन् १९११ मा प्रथम श्रमिक महिला दिवस र पछिका वर्षहरुमा यसलाई अन्तर्राष्ट्रिय महिला दिवस प्रत्येक राष्ट्रका महिलाले मनाउन थालेका हुन् । नारी दिवस हरेक वर्ष विश्वभरका महिलाले एउटा प्रथा परम्परा र चाडका रुपमा मनाउँदै आएका छन् ।