खडान्द भुसाल / राजकुमार खनाल
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितागंगा नगरपालिकाको ठाडामा पनि १ सय ८ अाैं अन्तराष्ट्रिय महिला दिवस (नारी दिवस) मनाईएको छ ।
सगरमाथा महिला बचत तथा रिन सह्कारी लि को आयोजना र सितगङा नगरपालिकाको सहकार्यमा कायक्रम भएको हो ।
प्रमुख अतिथि नगरप्रमुख सुर्यप्रसाद अधिकारी,विशिष्ट अतिथि उपप्रमुख टिकाबहादुर रेस्मी,प्रमुख प्रसासकिय अ हरिनारायण बेल्बासे, सिआईजी अध्यक्ष मुक्तिनाथ भुसाल, MRMG परियोजना समयोजक पार्बता श्रेष्ठ, माया अर्याल,तुल्सा श्रेष्ठ लगायतका बक्ताहरुले मन्त्बय राख्नु भएको थियो ।
शिबकला बिकको सन्चालन लक्ष्मी पन्थिको स्बागत मन्तबय रहेको सो कायक्रमलाई सगरमाथा बचतकी अध्यक्ष भगबता बेल्बासेले गर्नु भएको थियोे ।
कायक्रममा ९ वटा लोक तथा नित्य प्रस्तुत गरिएको थियो । जसमा प्रथम,दोस्रो, तेस्रो र सान्त्वना हुनेहरु क्रमस कुसुम थापा,सिता पौदेल,भुबन अधिकारी, राधा गाहाको समुहलाई नगद र प्रमाणपत्रले सममान गरिनुको अलबा ११ जना बुडाबुडिहरुलाई सम्मान गरिएको थियो ।