श्री भगवती मावि कुर शंखेटारी सन्धिखर्कमा बधाई तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

शोभाखर पन्थी 
कुर शंखेटारी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ स्थित श्री भगवती माध्यमिक विद्यालय कुर शंखेटारीमा बधाई तथा शुभकामना आदान – प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सन्धखर्क नगरपालिका वार्ड नं. २ का अध्यक्ष माेतिजङ्ग रायमाझीले ले शैक्षिक गुणस्तर बृद्धिकाे लागि शिक्षक,बिद्यार्थी र अभिभाव बीच सुमधुर सम्बन्ध कायम गरेर अघि बढ्नुपर्ने बताउनु भयाे । उहाँले बर्तमान शिक्षा प्रणालीमा व्यापक सुधारकाे खाँचो औल्याउनु भयाे । 
रायमाझीले शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको व्यापारी करण नराेके सम्म गरिब जनताका छाेरा छाेरीले पढ्न सक्ने अबस्था नै नरहेको भन्दै निशुल्क र अनिवार्य शिक्षाको बिषयमा जाेडदिनु भयाे । 
बिद्यालयका प्रधानाध्यापक श्यामबहादुर भुसालको अध्यक्षता र शाेभाखर पन्थीकाे संचालनमा सम्पन्न कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिबहरी पाैडेल, सदस्य द्वय भाेजबहादुर गन्दर्व, तुल्सी गैरे, सल्लाहकार लेखनाथ भुसाल , बिष्णु ढुङ्गाना,शिक्षक कृण्ण प्रसाद भुसाल लगायतका बक्ताहरुले मन्तव्य राख्दै शैक्षिक गुणस्तर बृद्धिमा जाेडदिनु भयाे ।
कार्यक्रममा बिद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । यसबर्ष भगवती माध्यमिक बिद्यालयबाट १२५ जना बिद्यार्थी एस.ई.ई. परिक्षामा समाबेस हुँदै छन् ।


अन्य समाचारहरु