त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना

यूएस एयरको विमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटना स्थलमा २८ जनाको शव संकलन गरिएको छ ।
३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए ।
मृतकको संख्या बढ्नसक्छ ।
घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा यूएस बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एयर बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ।
ढाकाबाट आएको ड्यास-८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएकाे हाे। १४ जनालाई उद्दार गरेर अस्पताल पठाइएको छ ।
विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ ।
विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए ।