सन्धिखर्कमा राष्ट्रिय जनमाेर्चा निकट अखिल नेपाल युबक संघको बैठक सम्पन्न

श्याम घिमिरे 
सन्धिखर्क,  अर्घाखाँची । राष्ट्रिय जनमाेर्चा निकट अखिल नेपाल युबक संघ जिल्ला समिति अर्घाखाँचीको बैठक बिहिबार सन्धिखर्कमा सम्पन्न भएकाे छ ।
संघका अध्यक्ष कबिराम खनालकाे अध्यक्षता , उपाध्यक्ष साजन वलिकाे स्वागत मनतब्य र सचिब कुलराज खनालकाे सन्चालनमा सम्पन्न बैठकले महत्त्वपुर्ण बिषयमा छलफल गरेको थियो ।
बैठकले राष्ट्रिय स्वाधीनताकाे लागि अामुल परिवर्तन ,युबा अधिकार र जनतन्त्रकाे पक्षमा साताैं जिल्ला सम्मेलन भन्ने मुख्य नारा सहित यहि चैत्र १७ गते सनिबार सन्धिखर्कमा संघको साताैं जिल्ला सम्मेलन गर्ने निर्णय गरेकाे काेषाध्यक्ष कृष्णप्रसाद खनालले जानकारि दिनु भएकाे छ ।

अन्य समाचारहरु