
प्रदेश नम्बर-५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारमा तीन मन्त्रीहरु थपेका छन् ।
सोमबार नेकपा एमालेका लीला गिरी र आरती पौडेल तथा माओवादी केन्द्रका सुदर्शन बरालले मन्त्री पदको शपथ लिएका छन् ।
गिरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पौडेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बराललाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । इमेजखबरमा समाचार छ ।