व्यवसायी कविराम खनाल (बाँया) र काशीराम बस्याल ।
सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा लामो समयदेखि निर्माण व्यवसायीको रुपमा स्थापित हुदै अाएका निर्माण व्यवसायी संघका सहअध्यक्ष काशीराम बस्याल र अर्का युवा निर्माण व्यवसायी कविराम खनाल जिल्लामा उत्कृष्ट काम गर्ने व्यवसायीका रुपमा चर्चित भएका छन् ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ सल्लिकोटमा जन्मिएका काशी बस्याल सागर निर्माण सेवाका मालिक हुन भने उनले निर्माण व्यवसायका अलबा सामाजिक कामका साथै राजनीति तथा सामाजिक काममा समेत अग्रसर रहेका छन्। बस्याल नेपाली काङ्ग्रेसका जिल्ला सदस्य पनि हुन । अहिले अर्घाखाँचीका धेरै ठेक्का पट्टाका काम लिएर गुणस्तरीय र भरपर्दो काम गर्ने अर्घाखाँचीका निर्माण व्यवसायी हुन ।
त्यस्तै अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको ढाकाबाङमा जन्मिएका कवि खनाल सामाजिक तथा चर्चित युवा नेता समेत हुन । खनाल स्थानिय तहको निर्वाचनमा भुमिकास्थान नगरपालिकामा थोरै मतले पराजित भएका राष्ट्रिय जनमोर्चाका युवा नेता समेत हुन ।
जिल्लाका अधिकांश सामाजिक कामा उनी सक्रिय देखिन्छन ।