
‘स्वास्थ्यको लागि मुख स्वस्थ राखौं’ भन्ने नारासहित मंगलबार (आज) विश्व मुख स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नेपाल डेन्टल साइन्स हाइजेष्टि एसोसिएसनले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा विशेषज्ञहरुले मुखको सफाइमा ध्यान नदिँदा रोगको खतरा उच्च हुने बताएका थिए ।
कार्यक्रममा दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरेले नेपालमा ९० प्रतिशत मानिसलाई दाँत माझ्न नआउने भन्दै यसले रोगको खतरा बढाएको बताए ।
नेपालमा दन्त चिकित्सकहरुको अभाव रहेकाले काठमाडौंकेन्द्रित हुनुपरेको चिकित्सकहरुको भनाइ छ ।
मुखको नियमित सफाइ गर्ने, हरेक तीन महिनामा दाँतको परीक्षण गराउने, खानेकुरामा विशेष ध्यान पुर्याउनसके मुखमा देखिने समस्या कम हुने चिकित्सकहरुले बताएका छन् । इमेजखबरमा समाचार छ ।