अराज सिहं बेल्बासे
अमराई बजार, अर्घाखाँची चैत ७ । अर्घाखाँची जिल्लाको साबिक ७ वटा गाबिस मिलेर बनेको शितगंगा नगरपालिकाको केन्द्र कहाँ बनाउने भन्ने बारेमा अहिले बिरोध भएको छ । देशकै क्षेत्रफलमा ठुलो मानिएको यो नगरपालिका ६१०.४३ वर्गकिमी रहेको छ भने जनसख्या ४३ हजार रहेको छ । राजनितिक खिचातानीका कारण दुइ वटा गाउँपालिका हुनुपर्नेमा यति ठुलो नगरपालिका भएको भन्दै धेरैले बताउदै आएका छन । अहिले यो नगरपालिकाको केन्द्र कहाँ बनाउने भन्नेमा राजनिति दल हरुको दौडधुप बढेको छ ।
७ गाबिसको ब्यापारिक केन्द्र मानिएको साबिक ठाडा गाबिस लाई मुख्य केन्द्र मानेर अहिले केन्द्र तोकिने निश्चित भएको छ तरपनि यही पनि धेरै ठाउको प्रस्ताव भइ रहेको छ । बिषेस गरि थर्पु, टेडिखेल,साहुटोला र सानादहका स्थानिय हरुले नगरपालिकाको भवन निर्माण गर्ने भन्दै जग्गा समेत प्रदान गरेका छन । शितगंगाको केन्द्र यसअघि सानादह लागि तोकिएको थियो ।
सबै तिरबाट केन्द्र सानादह हुने सबैको अनुमान समेत रहेको छ भने अर्को उपयुक्त ठाउँ सुरक्षा तथा भौगोलिक रुपमा थर्पु डाँडा लाइ मानिएको थियो । तर हिजो बसेको नगरपालिकाको पुर्वधार विकास समितिको बैठकले साहुटोला नगरपालिकाको भवन बनाउने निर्णय नगरसभामा पेस गरिने भएको छ । यस्तै अन्य स्थानको जग्गालाई समेत स्थानिय सरकार सगैं लागु भएका अन्य सरचना निमार्ण गरिने निर्णय भएको छ ।
थर्पुमा सभागृह ,खेलकुद मैदान,उद्योग बिकास, कृषि,पशु, वन रहने निर्णय पेस हुने भएको छ यस्तै टुडिखेलमा इलाका प्रशासन,महिला बिकास, दमकल,एम्बुलेन्स,हुकाल रहने सानादहमा मालपोल,नापी,बसर्पाक,सिचांइ, खानेपानी सरसफाई,रेडक्रस, उद्योग बाणिज्य सघं र साहुटोलामा नगरपालिका सहरीबिकास, शिक्षा ,स्वास्थ रहने निर्णय गरिएको छ ।
साहुटोलाका स्थानिय हरुले आधा निशुल्क दिने भन्दै निवेदन दिएका थिए भने अन्य स्थानकोले निशुल्कनै उपलब्ध गराउने निर्णय जानकारी गराएका भए पनि पछि निशुल्कको कागज गराई मेयर सुर्य प्रसाद अधिकारी र वडा ३ का अध्यक्ष हेमनाथ भुसालले बलले साहुटोलामा भएको स्थानिय केदार बेल्बासेले बताउनु भयो साथै शितगंगा नगरपालिका बिकासमा ठाडा मात्र पार्नु भन्दा कम चाप हुने कार्यलयहरु लाई शितापुरमा राख्दा अझ उचित हुने बताउनु भयो । यता अमराईका स्थानियबासी हरुले सानादह केन्द्र हुने भन्दै नगरपालिकाको कार्यलय सानदह बनाउनु पर्ने भन्दै अमराई बजार बन्द गरि बिरोध गरेका छन ।
यस्तै पुर्व ठाडा गाबिसका अध्यक्ष कुमार केशव बेल्बासेले सानादहनै केन्द्र भएपनि नगरपालिकाका पधाधिकारीहरुले के कति कारण साहुटोला केन्द्रगराए थाहा नभएको बताउनु भयो । यस्तै शितगंगा नगरपालिकाका वडा नम्बर ९ का वडा अध्यक्ष भिम केसीले नगर प्रमुखको सयोंजकत्वमा बनेको कार्यदलले ४ वटै स्थान सचित रहेको प्रतिबेदन पेस गरे पछि साहुटोला आधालगानी लगाउन नसकिने भन्ने बिरोध आए आए पछि निशुल्क गर्ने निर्णय भए पछि बहुमतको आधारमा साहुटोला निर्णय भएको बताउनु भयो । साथै १० दिन भित्र चारवटै स्थानको जग्गा नगरपालिकाको स्वामित्वमा ल्याउनु पर्ने निर्णय भएको छ ।
१० दिन भित्र हुन नसके स्थानिय हरुले उपलब्ध नगराएमा ठाडा छाडेर अन्य स्थान हरुमा जाने बताउनु भयो । ठाडाका नातानमिलेका कुनै कार्यलय सितापुर , चाक्ला पनि सार्न सकिने बताउनु भयो ।
यस्तै साहुटोला नगरकार्यलय भएको बिरोधमा अमराईमा मेयरको बिरुद्धमा प्रदर्शन भए पनि उत्त निर्णयमा मेयरको कुनै हात नरहेको बहुमतको आधारमा भएको बताउनु भयो ।
यस्तै वडा नम्बर ४ का वडा अध्यक्ष दामोदर अधिकारीले आफँ सुरु देखिनै नगरपालिकाको कार्यलय सानादह हुनु पर्ने पक्षमा रहे पनि महुमतको आधारमा भएको निणय स्वइकार गरेको बताउनु भयो । साथै सानादहमा तोकिएका कार्यलय स्थापनाको लागी स्थानिय सँग सहकार्य गर्ने बताउनु भयो । सितगंगगा नगरपालिकाको भवन निमाणर््ाको लागी भन्दै बिभिन्न ब्यति हरुले ५२ रोपनी जग्गा स्थानिय हरुले नगरपालिकालाई दिने निर्णय गरेका थिए ।