नेपालमा रहेको श्रीलंकाराम चैत्यको उत्खनन्का, हजारौं माटोका मूर्ति फेला


नेपालमा थेरवाद बौद्धधर्म शासनको पुर्नजागरण कालमा निर्माण भएको पहिलो श्रीलंकाराम चैत्य उत्खनन्काक्रममा बौद्धधर्मसँग सम्बन्धित कालो माटोबाट निर्मित विभिन्न बोधिसत्व, तारा, बुद्धका मूर्ति र लाखौं साना चैत्यहरु भेटिएको छ ।
स्वयम्भू महाचैत्यको उतरतर्फको जंगलमा रहेको आनन्द कुटी विहार परिसरमा रहेको उक्त चैत्य उत्खनन् गर्दा दोस्रो तल्लामा दुईओटा अरु चैत्यको गजुर, पुराना सिक्कासहित मूर्ति र चैत्यहरु फेलापरेको हो ।
वि.सं. २०७२ सालको विनाशकारी भूकम्पमा क्षतिग्रस्त चैत्य पुनःनिमार्णका लागि उत्खनन् गर्नेक्रममा उक्त वस्तुहरु फेलापरेको हो ।
तर, उचित संरक्षण नहुँदा ती वस्तुहरु हराउने र नस्ट हुँदै गइरहेका छन् ।
भगवान् गौतमबुद्धको अस्तिधातुसमेत राखिने उक्त चैत्यको गर्भगृहमा उत्खनन्काक्रममा महत्वपूर्ण सामग्री फेला पर्नसक्ने अनुमानसमेत गरिएको छ ।
विहारका प्रमुख भिक्षु धर्ममूर्ति महास्थवीरले विहार र चैत्य श्रीलंका सरकारको आर्थिक सहयोगमा पुनःनिर्माण भइरहेको जानकारी दिए ।
विहार परिसरमा रहेको बुद्ध जीवनीसँग सम्बन्धित भित्तेचित्रहरुसमेत क्षति भएर नस्ट हुने अवस्थामा रहेको छ । इमेजखबरमा समाचार छ ।