दीपक भुसाल
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची काठमाडौं कलाकार समाज काठमाडौंको प्रथम साधारण सभा सम्पन्न भएको छ ।
काठमाडौंको दरवार रोधी घरमा सम्पन्न भएको सभालाई प्रमुख अथिति माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले गरेकी थिईन् । कार्यक्रममा विशिस्ट अथितिहरु राष्ट्रीय लोकदोरी प्रतिष्ठाका अध्यक्ष लोक गायक बर्दि पंगेनी, नायक तथा चलचित्र कलाकार संघका अध्यक्ष नबल खडका, राष्ट्रिय लोकदोरी गित प्रतिष्ठानका निबर्तवान अध्यक्ष चन्द्र शर्मा, लोक दोहोरी प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष पिन सापकोटा लगायतको उपस्थिती रहेको थियो ।
सभाको उद्घाटन पम्फा भुसालले पानसमा बत्ति बालेर गर्नु भएको थियो । कार्यक्रमा आफ्नो भनाई राख्दै पंगेनीले अर्घाखाँची जिल्लामा आफ्नो जिल्लाका कलाकारलाई त्यती स्थान नदिएको अर्घाखाँचीका कार्यक्रममा जाँदा आफुले महसूस गरेको बताए ।
कार्यक्रममा लोकसगिति क्षेत्रमाबाट लोकसागेतिक क्षेत्रमा योगदान पुराएको भन्दै तिन जना कलाकार बसन्त श्रेष्ठ, बैघुण महत, कमल सौराकलाई खादा र सम्मान पत्रले सम्मान गरिएको थियो।
कार्यक्रम समापन मत्यब्य राख्दै अर्घाखाँची काठमाडौं कलाकार समाजका अध्यक्ष मधुसूदन बन्जाडेले अबको केहि समयमा नै जिल्लाका नयाँ प्रतिभाहरुलाई सम्मान वा कलाकारीता क्षेत्रमा स्थान दिन जिल्लामा बिषेश कार्यक्रम गर्न बताए ।
साधारण सभाले सचिव विश्वास नेपालको बार्षिक कार्यप्रगति प्रतिबेदन र कोषाध्यक्ष शंभु कुँवरको आर्थिक प्रतिवेदन पनि बहुमतले पारीत गरेको थियो ।