गोरुसिङेमा निर्माण गरिने सुपा देउराली प्रवेश द्वारको शिल्यानास (तस्बिर सहित)

प्रेम खड्का 
गोरसिङे (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला प्रवेश गर्ने द्दार गोरुसिङेमा निर्माण गरिने सुपा देउराली प्रवेश द्वारको शिल्यानास भएको छ । 
प्रवेश द्वारको अाज एक समारोहबीच पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभाका सदस्य टोपबहादुर रायमाझीले शिल्यानास गर्नु भएको थियो ।
गोरुसिङगेमा भएको कार्यक्रममा सांसद चेतनारायण अाचार्य, रामजी घिमिरे लगायत अर्घाखाँची र कपिलवस्तुका सांसदहरु, सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, शितगंगाका प्रमुख सुर्य प्रसाद अधिकारी, सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक, वार्ड अध्यक्ष युवराज बन्जाडे वरिष्ठ निर्माण ब्यबसायी नारायण प्रसाद बन्जाडे, नेपाली काङ्ग्रेसका नेता कृष्ण खनाल लगायतका अतिथिहरुको कार्यक्रममा सहभागी रहेको थियो । 
कार्यक्रम युवराज थापाको अध्यक्षतामा सम्पन्न भएको हो । गेट निर्माणका लागि मितज्यु सामाजिक बिकास केन्द्र नामक संस्थाले लगानी गर्ने भएको हो । 

अन्य समाचारहरु