चैते दशैको अवसरमा जिल्ला अस्पताल अर्घाखाँचीका विरामीहरुलाई फलफुल, दुध वितरण


कृष्ण परियार 
सन्धिखर्क, अर्घाखाँची  (२०७४ चैत्र ११, आइतवार)  । रामनवमी अर्थात चैते दशैको अवसरमा जिल्ला अस्पताल अर्घाखाँचीका विरामीहरुलाई आइतबार बिहान   फलफुल तथा दुध वितरण गरिएको छ । 
संन्धिखर्क बजारमा होटल गर्दै आउनु भएका कुसल व्यवसाय  पुनाराम र उनका छोरा निमान्दा  आचार्यले आज एक कार्यक्रमका बिच जिल्ला अस्पताल अर्घाखाँचीमा भर्ना भएर उपचार गराईरहेका २१ जना विरामी हरुलाई फलफुल तथा दुध वितराण गरेका छ्न ।
जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख जगन्नाथ तिवारी,पत्रकार व्यवसायी लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो । फलफुल वितरण गरेकोमा विरामीहरुले धन्यवाद संगै खुसी व्यक्त गरेका थिए । आचार्यले विगत केहिबर्ष अघिदेखि सन्धिखर्कमा शुभ लक्ष्मी होटलको नाम बाट होटल व्यवसाय संचालन गर्दै आएका छन् । 

अन्य समाचारहरु