अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. १ को वडा कार्यालयको एक समारोहका बिच सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले रिवन काटी उदघाटन गर्नु भएको छ।
पंण्डित जिबलाल चुँदाली द्वारा वैदिक रुपमा पुजाआजा गरि सकेपछि नगर प्रमुखले उदघाटन गर्नु भएको हो।
यस भन्दा पहिला रेडक्रसको भबन बाट सेवा दिदै आइरहेकोमा अब आफ्नै भबन र छुट्टै ठाउँ बाट सेवाग्राहीलाई सेवा दिँदा सजिलो र अलमलमा पर्नु नपर्ने वडा अध्यक्ष युबराज बन्जाडेले बताउनु भयो ।
शान्तिबगैंचा उमेश छापाखानासंगै रहेको उक्त भबन साबिक वागंला गाबिसको रहेकोमा अब वडा नं. १ को रूपमा रहेको र आजदेखी सो भबनमा रहेको कार्यालयबाट सेवा दिईने बताइएको छ।