मकवानपुरको मनहरिमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु, दुईजना घाइते


मकवानपुरको मनहरि गाउँपालिका–७, रमौली, प्रतापपुरमा बाघको आक्रमणबाट सोमबार अपराह्न एक महिलाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
राप्ती नदी किनारामा घाँस काट्नेक्रममा बाघको आक्रमणबाट स्थानीयवासी ४१ वर्षीया सरस्वती बर्तौलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिए ।
घाइते दुईमध्ये एकजना ३६ वर्षीय राजकुमार अर्याल रहेका र एक किशोरको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
महिलाको शव उठाउनेक्रममा पुनः बाघ आएर आक्रमण गर्दा स्थानीयवासी दुईजना घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । रासस