प्रधानमन्त्रीद्दारा विदेशी राजदूतहरुलाई सामूहिक ब्रिफिङ

प्रधानमन्त्री केपी ओलीले सरकारको भावी योजना तथा नीतिका बारेमा नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा ब्रिफिङ गरेका छन् ।
परराष्ट्र मन्त्रालयले संयोजन गरेको उक्त कार्यक्रममा सुरुमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सम्बोधन गर्दै सरकारले सबै देशसंग सुमधुर सम्बन्ध राख्न चाहेको र नेपालको विकासमा सहयोग गर्ने अपेक्षा राखेको बताएका थिए।
त्यसपछि प्रधानमन्त्रीले सरकारको नीतिबारे सामुहिक ब्रिफिङ गरेका थिए।
युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण प्रतिवेदन प्रति असन्तुष्ट रहेका प्रधानमन्त्रीले पहिलोपटक सामुहिक ब्रिफिङ गरे पनि ब्रिफिङमा सो विषयलाई भने उठाएनन्।
प्रधानमन्त्री ओलीले राजदूत तथा विदेशी नियोगका प्रतिनिधि र विकास साझेदारहरुलाई नेपालमा सबै तहको निर्वाचन सम्पन्न भइ संविधान कार्यान्वयनको नयाँ अध्याय प्रारम्भ भएको सन्दर्भमा सबैको साथ र सहयोगले मात्र नेपालको विकास सम्भव भएको बताएका थिए। उनले नेपाल सबै विकास साझेदारहरुसंग हातेमालो गरेर विकासको पथमा अघि बढ्न चाहेको र त्यसमा सबैको सहयोग र सद्भाव आवश्यक रहेको बताए। कान्तिपुरमा समाचार छ ।