प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमण आर्थिक एजेन्डामा केन्द्रित हुनुपर्ने विज्ञहरुको धारणा

‘प्रधानमन्त्री ओलीको भारत भ्रमण आर्थिक एजेन्डामा केन्द्रित हुनुपर्छ’
आर्थिक क्षेत्रका विज्ञहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण आर्थिक एजेन्डामा केन्द्रित हुनुपर्ने धारणा राखेका छन् ।
बुधबार काठमाडौंमा रिपोर्टर्स् क्ल्बद्वारा आयोजित साक्षात्कारमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अमेरिकाका लागि नेपालका पूर्वराजदूत डा. शंकर शर्माले मुलुकले राजनीतिक स्थायित्व प्राप्त गरेकाले अब आर्थिक विकास मुख्य एजेन्डा हुनुपर्ने धारणा राखे ।
यस्तै, राष्ट्रिय योजना आयोगका अर्का पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले आर्थिक विकासका लागि पूर्वाधार निर्माण मुख्य विषय भएकाले प्रधानमन्त्री ओलीको भारत भ्रमण पूर्वाधारको क्षेत्रमा केन्द्रित गर्नुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा नेकपा एमालेका नेता एवं परराष्ट्रविद् डा. राजन भट्टराईले प्रधानमन्त्री ओलीको भारत भ्रमण आर्थिक विकास र विगतमा भएका सम्झौता कार्यान्वयनमा केन्द्रित हुने जानकारी दिए ।
प्रधानमन्त्री ओली छिट्टै भारत भ्रमणमा जाने तयारीमा छन् । इमेजखबरमा समाचार छ ।