अर्घाखाँचीभरका विभिन्न प्रहरी चौकीलाई मोटरसाईकल उपलब्ध

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाभरका विभिन्न प्रहरी चौकीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले मोटरसाईकल हस्तान्तरण गरेको छ ।
प्रहरी प्रधान कार्यालय सवारी महाशाखा नक्साल काठमाण्डौबाट जिल्ला प्रहरी कार्यालय अर्घाखाँची तथा जिल्लाका मातहत प्रहरी ईकाईहरुको लागि निकाशा भएको १५० सि.सि. बजाज V15 मोटरसाईकल ५ वटा र अपाची मोटरसाईकल ७ वटा तथा पाणिनी गाउँपालीकाबाट प्रहरी चौकी पालीको लागि १२५ सि.सि. को डिस्कोभर मोटरसाईकल १ गरी जम्मा १३ वटा मौज्दात रहेका मोटरसाईकल हस्तान्तरण गरेको हो ।
हस्तान्तरणपछि जिल्लाभर मोटरबाटोहरु खुलेको र शान्ती सूरक्षा कायम राख्नको लागि थप सहयोग पुग्ने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ । यसैसंगै जिल्लाभरका सवै चौकीहरुमा मोटरसाईकल उपलब्ध छन् ।  
   

अन्य समाचारहरु