सरकारले कुरा मात्र नभएर कामै गरेर देखाउने प्रधानमन्त्री ओलीको दावी

सरकारले कुरा मात्र गर्दैन कामै गरेर देखाउँछः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारले कुरा मात्र नभएर कामै गरेर देखाउने बताएका छन् ।
 
भगवान श्री महावीरको २६१७ औं जन्मजयन्तीको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यसका लागि समाजमा शान्ति सुव्यवस्था र सुशासन जरुरी पर्ने भएकाले सरकार त्यसैतर्फ केन्द्रित रहको बताए ।
प्रधानमन्त्री ओलीले जनताको इच्छा र चाहना अनुसार संविधान र सरकार बनेको भन्दै अब वादविवादमा मात्रै समय खेर नफाली दिगो शान्ति, समृद्धि र विकासको लक्ष पूरा गर्न सरकार लाग्ने उल्लेख गरे । समाजलाई भड्काएर कुबाटोमा लगाउने कसैलाई पनि छुट नदिईने प्रष्ट गरे ।
कार्यक्रममा नेपाली कांग्रसका नेता गगन थापाले यतिबेला धर्म र जातको विषय उचालेर उत्तेजित बनाउने तत्व सक्रिय भएकाले सचेत रहन सबैमा अपील गरे कार्यक्रममा भगवान महावीरको दिव्य सन्देशबारे चर्चा गरिएको थियो । इमेजखबरमा समाचार छ ।