सन्धिखर्कमा पत्रकार महासंघको ६३ औं स्थापना दिबसको अबसरमा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न
चैत्र १६ गते, २०७४ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिबसको अबसरमा आयोजित नागरिकको नजमा मिडिया सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
अर्घाखाँची शाखाको आयोजना तथा पारस्परिक जवाफदेहिता परियोजना एवं एकीकृत ग्रामीण विकास समाजको समन्वयमा “नागरिकको नजरमा मिडिया” बिषयक सार्वजनिक सुनुवाई कार्यक्रममा ५ नं प्रदेश सभा सदस्य माननीय रामजी प्रसाद घिमिरेले समयअनुकूलको भुमिका निराब गर्नुपर्ने ,हिजोका दिनमा ब्यबस्था परिबर्तनको निम्ति पत्रकारले खेलेको भुमिकाको उच्च सम्मान गर्दै अब समायनुकुल पत्रकारहरुले रास्ट्र लाई समृद्ध ,सुशासन आर्थिक रुपले उच्च स्तरमा पुर्याउन यसतर्फ पत्रकार अगाडि बढने समय आएको बताएका थिए ।
यस्तै कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसाल, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, अर्घाखाँची शिक्षा क्याम्पसका प्रमुख श्रीकृष्ण भुसाल, नेपाल बारएशोसिएसन अर्घाखाँची अध्यक्ष के. बि. भुसाल, नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सम्मेलन आयोजक सदस्य राजु नेपाली, अर्घाखाँची उद्योग बाणिज्य संघका महासचिव नेत्र प्रसाद भुसाल, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष जिबनारायण कोइराला, जिल्ला हुलाक कार्यालयका प्रमुख रामजी प्रसाद मरासिनी लगायतका वक्ताहरुले बोलेका थिए ।
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय र FHI360 सँगको सम्झौता अनुरुप जिल्लामा भएको कार्यक्रममा जिल्लाका सरोकारवाला निकायहरुको उत्साहजनक उपस्थिती रहेको थियो । कार्यक्रम प्रस्तोता पाणिनी बहुमुखी क्याम्पस अर्घाखाँचीका सहायक प्राध्यापक सुरज सारुले गरेका थिए ।