शिक्षक सेवा आयोगले यही चैत २३ गते लिन लागेको अस्थायी शिक्षकको परीक्षा स्थगित गरिएको छ ।
शुक्रबार एक सूचना सार्वजनिक गर्दै आयोगले तत्काललाई परीक्षा स्थगित गरिएको जनाएको हो ।
अस्थायी शिक्षकलाई स्थायी बनाउने परीक्षा स्थगनको माग राख्दै प्रमुख तीन विद्यार्थी संगठनले चक्काजाम, प्रदर्शनदेखि अनिश्चितकालीन शैक्षिक हडतालसम्मको कार्यक्रम ल्याएपछि आयोगले परीक्षा स्थगित गरेको हो । इमेजखबरमा समाचार छ ।