मैदानमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन

अर्घाखाँचीडट्कम संवाददाता 
मैदान, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ५ मैदानमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । 
स्वास्थ्य चौकीको प्रतिनिधी सभाका सासंद तथा पुर्व-उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले एक कार्यक्रमका बिच उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रदेश सासंद रामजीप्रसाद घिमिरे, पाणिनी गाउँपालिका अध्यक्ष अच्यूत गौतम, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल लगायतले आ-आफ्नो विचार राखेका थिए ।
उद्घाटन समारोह पाणिनी गाउँपालिका वार्ड नम्बर ५ मैदानका वार्ड अध्यक्ष जीवलाल घिमिरेको अध्यक्षतामा, स्वागत वार्ड सचिव राजन कुमार विष्ट र स्वास्थ्य चौकी इन्चार्ज जगदिश घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
स्वास्थ्य चौकी करिव १ करोड ७६ लाखको लगानीमा निमार्ण भएको हो ।  

अन्य समाचारहरु