पुनः पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइयो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइयो
नेपाल आयल निगमले इन्धनको मूल्य पुनः बढाएको छ ।
सोमबार बसेको निगम सन्चालक समितिको बैठकले सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २/२ रुपैयाँका दरले बढाएको हो ।
भाउ बढेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८५ रुपैयाँ पुगेको निगमले जनाएको छ । इमेजखबरमा समाचार छ ।