अगामी बैशाख २ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक गरिने

निर्वाचन आयोगले अगामी बैशाख २ गतेदेखि क्षेत्रीय र जिल्ला निर्वाचन कार्यालयहरुमा मतदाता नामावली संकलन गर्ने भएको छ । 
आयोगले बिहीबार बिज्ञप्ति जारी गरी मतदाता नामावलीमा नाम रहेका मतदाताको विवरण अद्यावधिक (नामावली अन्यत्र सार्न, विवरण सच्याउन र नामावलीबाट नाम हटाउन) गर्नुपर्ने भए त्यसको लागि पनि निर्धारित अनुसूची बमोजिम निवेदन दिन सकिने जनाएको छ ।
चैत्र २८ गते प्रमुख निर्वाचन आयुक्तज्यूको अध्यक्षतामा बसेको आयोगको बैठकले मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न सम्बन्धित सबैमा आग्रह समेत गरेको जनाएको छ । कान्तिपुरमा समाचार छ ।