प्रेमनारायण आचार्य
छत्रदेव, अर्घाखाँची, १५ बैसाख । अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा रहेका खरको छाना भएका घर हटाई घरमा जस्ता पाता लगाउन जस्ता बितरण शुरु गरेको छ ।
यसै आर्थिक बर्षमा छत्रदेव गाँउपालिकामा भएका खरको छानो हटाइ जस्ता पाता लगाउने निर्णय अनुसार जस्तापाता बितरण गर्न सुरु गरिएको छत्रदेव गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए । पालिका भित्र रहेको खरको छानो भएका ३सय ३४ घरमा वितरण गर्न सुरु भएको उनले बताए । प्रत्येक घरमा २७ पाताका दरले जस्ता दिन सुरु गरिएको छ ।
छत्रदेव गाँउपालिकाको कार्यपालिका तथा जनप्रतिनिधिको बैठकले गाँउपालिका भित्र रहेका ३ सय ३४ खरको छानो भएका दुखी तथा गरिव परिवारमा टिन लगाउने निर्णय गरे अनुसार जस्ता वितरण गर्न सुरु गरिएको पालिकाका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठले बताइन ।
शुक्रबार पालिकाको वाड न. २ मा एक कार्यक्रमको आयोजना गरि जस्ता वितरण सुरु गरिएको हो । जस्ता पाउदा स्थानीयहरु खुसी देखिन्थे । सबै वडाहरुमा कार्यक्रम गरि छिटै जस्ता वितरण गरिने पालिकाका प्रशासकिय अधिकृत भेषराज पन्तले बताए ।
वाड न. २ मा भएको जस्ता पाता वितरण कार्यक्रममा गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, उपाध्यक्ष तुलसा देवी श्रेष्ठ, वडा अध्यक्षहरुको तर्फाबाट ६ का अध्यक्ष कमल पौडेल, पत्रकार महासंघका पाँच नम्वर प्रदेश सदस्य प्रेमनारायण आचार्य, नेपाली कांग्रेसका जिल्ला सचिव बिष्णु प्रसाद भुसाल, एमालेका नरबहादुर बस्नेत, नेकपा माओवादी केन्द्रका हसरदिन मिया लगायतले मन्तब्य राख्दै जस्तापाता वितरण कार्यक्रम नेपालकै नमुना भएको बताए ।
कार्यक्रममा विभिन्न वडा अध्यक्ष तथा स्थानीयको उल्लेखनीय उपस्थित रहेको कार्यक्रम वडा अध्यक्ष राजेस पन्थीको अध्यक्षता र वडा सचिव सरोज भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।