
प्रधानमन्त्री केपी शर्मा ओलीले दमकबासीलाई प्रदेशको राजधानी माग गर्दै आन्दोलन गर्नेतर्फ नलाग्न आग्रह गरेका छन् ।
बुधबार दमकमा दोस्रो साना सहरी खानेपानी आयोजनाको उद्घाटनकाक्रममा प्रधानमन्त्री ओलीले विभिन्न सहरमा प्रदेश राजधानी माग गर्दै आन्दोलन भएकोतर्फ संकेत गर्दै दमकलाई भने त्यसतर्फ नलाग्न आग्रह गरेका हुन् ।
दमक कुनैपनि प्रदेशको राजधानीभन्दा कम नहुने भन्दै उनले पूर्वाधार, सडक, शिक्षा, रोजगारी, व्यवसाय, सुविधाजस्ता हरेक दृष्टिकोणबाट दमकलाई राजधानीसरह बनाउने दाबी गरे ।
उनले प्रदेश नम्बर–१ को नाम र स्थायी राजधानी तोक्न ढिलाइ भएकोप्रति भने असन्तुष्टि व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले बुधबारै दमकको मुख्य बजार क्षेत्रमा निर्मित नमुना बजारको उद्घाटनसमेत गरे । इमेजखबरमा समाचार छ ।