भारतीय प्रधानमन्त्री मोदीको मुस्ताङ भ्रमणकाक्रममा अन्नपूर्ण पदमार्ग तीन दिनसम्म बन्द गरिने


 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्ताङ भ्रमणकाक्रममा अन्नपूर्ण पदमार्ग बन्द गरिने भएको छ ।
यहाँ आउने पर्यटक थोराङ्ला भञ्ज्याङ पार गरेर मुक्तिनाथ मन्दिर पुग्ने भएकाले सुरक्षाका लागि पदमार्ग बन्द गर्न लागिएको जनाइएको छ ।
मनाङका निमित्त प्रमुख जिल्ला अधिकारी जयराम भण्डारीले तीन दिनसम्म पदमार्गमा आवत–जावत बन्द गर्न लागिएको जानकारी दिए ।
वैशाख २७ देखि २९ गतेसम्म पदमार्ग बन्द गरिने भण्डारीले उनले बताए ।
अन्नपूर्ण पदमार्गमा आउने पर्यटकलाई तीन दिनसम्म मनाङमै रोकिने भएको छ ।
मनाङबाट थोरङ्ला भञ्ज्याङ जाने पर्यटकलाई रोक लगाउन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)लाई निर्देशन दिइएको भण्डारीले बताए ।
भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणकाक्रममा यही वैशाख २८ गते मुस्ताङको मुक्तिनाथ दर्शनका लागि जाँदैछन् । इमेजखबरमा समाचार छ ।