आगामी असार मसान्तसम्ममा सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्था खुल्ने


नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर चिन्तामणि शिवाकोटीले आगामी असार मसान्तसम्ममा सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्था स्थापना हुने बताएका छन् ।
सर्लाहीको हरिवनमा सहकार्य लघुवित्त संस्थाको उद्घाटन गर्दै गभर्नर शिवाकोटीले गाउँगाउँमा बैंक तथा वित्तीय संस्था खुलेपछि आत्मनिर्भर अर्थतन्त्रमा सघाउ पुग्ने बताएका हुन् ।
हाल मुलुकका ७५३ स्थानीय तहमध्ये ३६५ स्थानमा मात्र वित्तीय संस्था खुलेको उनले जानकारी दिए ।
लघुवित्त बैंकहरुको उद्देश्य नाफा कमाउने मात्र नभई दुरदराज र विकटका महिलाको जीविकोपार्जनमा सघाउ पुर्‍याउने किसिमको हुनुपर्ने उनको भनाइ थियो । इमेजखबरमा समाचार छ ।