बसन्त खड्का
पोखरा । नेकपा मसाल निकट अखिल नेपाल युवक संघको पोखरामा सम्पन्न सातौ राष्ट्रिय सम्मेलनबाट अनिल किशोर घिमिरे अध्यक्षमा निर्वाचित भएका छन् ।
यस्तै उपाध्यक्ष लक्ष्मण पुन, पियारी थापा र मुकुन्द राज रोका सचिवमा, प्रसान्त थापा र भक्त बि.क कोषाध्यक्षमा भिमसेन बन निर्वाचित भएका छन् ।
साथै कृष्णराज पाण्डे महासचिव रहेको २५ पुर्ण र ८ बैकल्पिक सहित ३३ सदस्य समिति निर्वाचित भएको छ। गत वैशाख २८ गते शुक्रवारबाट शुरु भएको सातौ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा हजारौको संख्यामा निकालिएको विशाल जुलुसले पोखराका विभिन्न भागमा परिक्रमा गरेको थियो ।
सातौ राष्ट्रिय सम्मेलनको प्रमुख अतिथी राजमो केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीले एक समारोहका बिच उद्घाटन गरेका थिए ।