अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अनेरास्ववियु अर्घाखाँची जिल्ला कमिटीले दुबै मृगौला फेल भएका अनेरास्ववियु पाल्पा जिल्ला कमिटी अध्यक्ष प्रेम बगालेलाइ आर्थिक सहयोग गरेको छ । प्रेम बहादुर वगालेकाे नाममा रहेकाे एन एम वि बैक अार्यभञ्ज्याङ शाखामा अनेरास्ववियु अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष प्रदिप नेपालीले १० हजार दश आर्थिक सहयोग बैक खातामा जम्मा गर्नुभयो ।
काठमाडौंमा उपचार गराइरहेका प्रेम बगाले लाई आफ्नो दाईले किड्नी दिने हुनु भएको छ । किड्नी पनि मिल्ने भएकोले डाक्टरको सल्लाह अनुसार छिटो अप्रेशन गर्नु पर्ने र अप्रेशनको लागी आर्थिक अभाव देखिएकोले सम्पूर्णमा आर्थिक नैतिक सहयोगको गर्नका लागी परिवारले अपिल गरेको छ ।
साथै आर्थिक सहयोग गर्न चाहनेले प्रेम बगाले एन एम बि बैकं आर्यभञ्ज्याङ्घको शाखाको खाता नम्बर ०४६२१५००२६४०३२०००००१ मा आर्थिक सहयोग गर्न अनेरास्ववियुले अनुरोध गरेको छ ।